Breaking News

अन्ततः काठमाडौं फर्किए डा. केसी

काठमाण्डौ, ३ साउन । बीस दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसी अन्ततः काठमाडौं फर्किएका छन् ।

केसीलाई काठमाडौं ल्याउनका लागि सेनाको हेलिकाेप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो । उनलार्इ काठमाण्डौ ल्याउन खोज्दा स्थानीय तथा विद्यार्थीले अवरोध सिर्जना गरेपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको थियो ।

केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा विद्यार्थीलगायत एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा. केसी काठमाडौं अाउन तयार भएका थिए ।

उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन् । डा. केसीलाई त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी भएको बताइएको छ ।

shares