Breaking News

डा. केसीको समर्थनमा निकालियो छाता जुलुस

काठमाण्डौ, ३ साउन । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा छाता जुलुस निकालिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि सरकारले उनको मागमा बेवास्ता गरेको भन्दै नागरिक समाज र विद्यार्थीले छाता जुलुस निकालेका हुन् । डा. केसी विभिन्न माग राखी २० दिनदेखि अनशनमा बसिरहेका छन् ।

केसीका समर्थकहरूले माफियाको इशारामा सरकारले चिकित्सा शिक्षा विधेयक ल्याएको अारोप लगाएका छन् । केसीले संसदमा दर्ता भएको विधेयक फिर्ता लिए मात्र वार्ता हुने बताउँदै अाएपनि सरकार भने त्यसको लागि तयार देखिंदैन ।

shares