Breaking News

चिकित्सा शिक्षा विधेयक संसदको कार्यसूचीबाट हटाइयो

काठमाण्डौ, ३ साउन । सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने तयारी गरेतापनि व्यापक विरोध अाएपछि बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै केही दिनयता संसद अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षको लगातारको अवरोधपछि विधेयकलार्इ  कार्यसूचीबाट हटाइएको जनाइएको छ ।

विधेयक पहिलेकै स्वरुपमा पारित गर्नुपर्ने मागसहित डा. गोविन्द केसी असार १६ गतेदेखि जुम्लामा आमरण अनसनमा छन्। सरकारले अाजै डा. केसीलार्इ काठमाण्डौ ल्याउन हेलिकोप्टर जुम्ला पठाइएको छ ।

shares