Breaking News

नारायणगढ–मुग्लिन सडकखण्ड दुर्इतर्फी खुल्यो

चितवन, ३ साउन । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा खसेको पहिरो पन्छाउने काम सकिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुर्इतर्फी खुलेको छ ।

वर्षासँगै खसेको पहिरोका कारण बिहीबार बिहान ५ बजेदेखि अवरुद्ध रहेको सडक बिहान ९ः४० बजेबाट पुनः सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारीसाधनहरूको अावागमन सुचारू भएको छ ।

लामो समयसम्म रोकिएका कारण सवारीसाधानको जाम लामो भएको कारण ट्राफिक प्रहरीले ओभरटेक नगरी सुरक्षित तरिकाले सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ । सहज अावतजावतका लागि भने केही समय लाग्न सक्ने बताइएको छ ।

shares