Breaking News

डा. केसी काठमाडौं आउन तयार

काठमाण्डौ, ३ साउन । हाल जुम्लामा आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसी वार्ताका लागि काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । अाजै केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्यार्इ शिक्षण अस्पतालमा भर्ना गरिने भएको छ ।

यसअघि सरकारले डाक्टरहरूको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरूले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीलार्इ भेट्न दिएका थिएनन् ।

तर, स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् । विद्यार्थी, महिला तथा स्थानीयहरूमाथि प्रहरीले हस्तक्षेप गरेपछि डा. केसी काठमाण्डौ अाउन राजी भएका हुन् ।

shares