Breaking News

गायक बने क्रिकेटर संदिप, ‘उदाश थियो’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौ, ३ साउन ।  चर्चित नेपाली क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको गीतको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ ।

स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् । सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना रहेको छ ।

सूत्र इन्टरटेन्मेन्टको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।

निर्देशक घिमिरेले चयन गरेको उत्कृष्ट लोकेशनमा छायाँकार तिवारीले लोभलाग्दा दृश्यहरू आफ्नो क्यामेरमा कैद गरेका छन् । विनोद तिमिल्सिनाको उत्कृष्ट संगीतमा संदिपले मिठो स्वर भरेका छन् भने जीवन भट्टराई र सृष्टि खड्काको अभिनय पनि अब्बल देखिन्छ ।

भिडियो हेर्नुहोस्-

shares