Breaking News

रुकुम जीप दुर्घटनामा ७ जनाको मृत्यु, ४ घाइते

काठमाण्डौ, २ साउन । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप भीरबाट एकसय मिटर तल खस्दा ७ जनाको मृत्यु भएको छ  भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिएअनुसार रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बाँकेकी ललिता परियार, रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा रहेका छन् ।

दुर्घटनामा घाइते मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

shares