Breaking News

आवासीय चिकित्सकहरू अाज पनि अान्दोलनमा

काठमाण्डौ, २ साउन । अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सकहरूको संगठन रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन) ले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

छिटोभन्दा छिटो डाक्टर केसीको माग पूरा गर्दै उनको जीवनरक्षाको माग गर्दै आरएएन काठमाडौंको बसन्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । आरएएनले माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा विधेयक ल्याउन पनि माग गरेको छ । उनीहरूले गोविन्द केसीसंगको वार्तामा सरकार गम्भीर नभएको आरोप पनि लगाएका छन् ।

प्रर्दशनमा एनआरडीएका अध्यक्ष डाक्टर सुमित पाण्डेले दुईचार जना मेडिकल कलेज स्थापना गर्ने व्यक्तिका लागि सरकार लागेको आरोप पनि लगाए । उनले जनताले विश्वास गरेर जिताएका जनप्रतिनिधिले जनताका लागि काम गर्नुपर्ने बताए ।

अनसनरत डाक्टर केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरू उपचार सेवा छाडेर सडकमा उत्रनु परेको चिकित्सकहरूको भनाइ छ ।

shares