Breaking News

शक्तिले सन्यास लिने

काठमाण्डौ, २ साउन । क्रिकेटर शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले युवालाई मौका दिनुपर्ने उल्लेख गर्दै सन्यास लिने बताएका हुन् । गौचनले नेदरल्याण्डको भ्रमण क्रिकेटका लागि अन्तिम अन्तराष्ट्रिय भ्रमण भएको बताए । उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि घरेलु क्रिकेट भने खेल्ने बताए ।

अन्तराष्ट्रिय क्रिकेटममा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएका गौचनले सन् २००२ मा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । नेपालको लागि एक हजार रन पूरा गर्ने पहिलो खेलाडी रहेका शक्ति यू–१९ र सिनियर टिमबाट शतक हान्ने पहिलो खेलाडी हुन् ।

shares