Breaking News

नेपाल-इजरायल सहकार्य अझ विस्तार हुने परराष्ट्रमन्त्रीको विश्वास

काठमाण्डौ, १ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र इजरायलबीच आपसी सहकार्य र सहयोगका क्षेत्र भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालस्थित इजरायली राजदूतावासले आफ्नो स्वतन्त्रता दिवस र परराष्ट्र मन्त्रालयअन्तर्गतको अन्तराष्ट्रिय सहयोग निकाय मसाभ स्थापनाको ६० औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच हालै भएको परामर्श संयन्त्रको बैठकबाट आफू सन्तुष्ट रहेको बताउँदै आपसी सहकार्य र सहयोगका क्षेत्र भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरेका हुन् ।

मन्त्री ज्ञवालीले नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको सह्राना गरे । मन्त्री ज्ञवालीले भूकम्पपछि मानवीय सहायताका साथै चिकित्सको ठूलो टोली खटाएर अस्पताल नै स्थापना गरी बिरामीको उपचार गरेकामा इजरायलको प्रशंसा पनि गरे । उनले नेपालको संविधानले नै शारीरिक रूपमा अपांगता भएका बालबालिकालाई सार्वजनिक सेवा सहुलित प्रदान गर्नुका साथै पेशागत अन्य काममा आरक्षणको व्यवस्था गरेको चर्चा गरे ।

कार्यक्रममा दुतावासले अपाङ्ग बालबालिकाहरूको हिँडडुलमा पहुँच र आत्मनिर्भरता वृद्धि गरी जीवनमा सहजता ल्याउन इजरायलका प्राविधिकहरूले विशेष रुपमा तयार पारिएका ४० वटा ‘व्हिल चेयर अफ होप’ पाँचदेखि ३६ वर्ष उमेर समूहका अपंगता भएका व्यक्तिलाई प्रदान गरिएको थियो ।

shares