Breaking News

चिकित्सा शिक्षा विधेयकको बारेमा सबै जनताले थाहा पाउने गरी छलफल गरिनुपर्छ: नेता मिश्र

काठमाण्डौ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालक समितिका उपाध्यक्ष बंशिधर मिश्रले चिकित्सा शिक्षा विधेयकको बारेमा सर्वसाधारण जनताले थाहा पाउने गरी छलफलको विषय बनाइनुपर्ने बताएका छन् ।

प्रस्तावित मनमोहन मेडिकल कलेज व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता मिश्रले यस्तो बताएका हुन् । डाक्टर केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरूलाई सर्वसाधारण जनताको स्वास्थ्य जीवनमा ध्यान दिन पनि उनले आग्रह गरे ।

डाक्टर केसीका मागहरूको बारेमा सरकार, संसद उदासीन रहेको भन्दै यसलाई गम्भीर रूपमा छलफल गर्नुपर्ने उनको भनाइ छ । नेपाललाई मेडिकल हब बनाउनुपर्ने तर्क गर्दै मिश्रले गुणस्तरीय स्वास्थ्यलाई ध्यानमा राखेर भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधारहरू हेरेर शिक्षण अस्पतालहरू खोल्नु पर्नेमा जोड दिए ।

एउटा शक्तिशाली आयोग बनाएर त्यस आयोगले दिएका सुझावका आधारमा मुलकका विभिन्न भागमा सुविधासम्पन्न अस्पतालहरू खोल्नुपर्नेमा उनले जोड दिए । मनमोहनको नाममा आफूहरूले केही सिमित व्यक्तिहरूको लगानीमा अस्पताल नखोलेको उनको स्पष्टोक्ति थियो ।

shares