Breaking News

महाधिवेशन तयारीका लागि अध्यक्ष मण्डललाई सक्रिय पार्ने राजपाको निर्णय

काठमाण्डौ, १ साउन । राष्ट्रिय जनता पाटी नेपालले महाधिवेशनको तयारीका लागि अध्यक्ष मण्डललाई सक्रिय पार्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै अध्यक्ष मण्डललाई सक्रिय पार्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पार्टीको विभिन्न तह र विभागका साथै जिल्ला जिल्लामा भातृसंगठनहरूलाई महाधिवेशन तयारी बैठक र छलफलमा जुट्न निर्देशन दिने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

त्यस्तै बैठकले छिट्टै पार्टीको बैठक बोलाउने निर्णय गर्दै उक्त बैठकपछि झापादेखि कञ्चनपुरसम्मका कार्यकता भेलामा जाने निर्णय पनि गरेको उनले जानकारी दिए । बैठकले राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्दै छिट्टै बुद्धिजिवीसंग अन्र्तक्रिया गर्ने निर्णय पनि गरेको यादवले बताए ।

बैठकले पार्टी संसदीय दलका नेता महन्थ ठाकुरलाई बधाई तथा शुभकामना दिने निर्णय पनि गरेको छ भने राष्ट्रिय राजनीतिका विषयमा भने बुधबार बस्ने बैठकले आधिकारिक धारणा तय गर्ने यादवले बताए ।

shares