Breaking News

नगरपालिकाबाट गाउँपालिकामा झारेको भन्दै सुनसरीमा प्रर्दशन

अमर काफ्ले / इनरुवा सुनसरी ११ जेठ । सुनसरीको जल्पापुरलाई नगरपालिकाबाट हटाएर गाउँपालिकामा समायोजना गरिएको विरोधमा स्थानीयहरुले प्रर्दशन थालेका छन् ।

जल्पापुरबासीले आज विहानैबाट बबिया भुटाहा सडक खण्ड अवरुद्ध पारेका छन् । टायर बालेर आन्दोलनमा उत्रिएका गाउँबासीहरुले सडकमै बसेर नाराबाजी गरेका छन् ।

इनरुवा नगरपालिकामा समायोजनकालागि यसअघि दलिय सहमति अनिवार्य गरिएकोमा सरकारको पछिल्लो निर्णय स्थानीय राजनैतिक दल र सर्वसाधारणको इक्षा विपरित भएको भन्दै गाउँवासीले रोष प्रकट गरेका हुन । यसअघि साविकको जल्पापुर गाविसलाई इनरुवा नगरपालिकामा गाभेर वडा नम्वर १० कायम गरिएको थियो ।

पहिल्लो पटक स्थानीय तहको संख्या थप गरिएसँगै जल्पापुरलाई इनरुवा नगरापालिकाबाट हटाएर हरिनगरा गाउँपालिकामा समायोजन गरिएको छ । आन्दोलनको अगुवाई गरिरहेका जल्पापुरका राजनैतिक दलहरुले निर्णय नसच्याइए चुनाव बहिस्कार गर्ने समेत निर्णय गरिसकेका छन् ।

shares