Breaking News

चलचित्र विकास बोर्डमा निकिताको पुनर्बहाली निश्चित्

काठमाण्डौ, १ साउन । अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति बदर गर्ने वर्तमान सरकारको निर्णयपछि पदमुक्त भएकी निकिता पौडेलको चलचित्र विकास बोर्डमा पुनर्बहाली भएको छ ।

निकिताले सरकारको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । उनले हालेको रिटको सुनुवाइ गर्दै अर्को आदेश नआएसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

निकिताले आफू प्रक्रियागत रूपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमति जनाउँदै रिट दायर गरेकी थिइन् । सर्वोच्चको अन्तरिम आदेशसँगै उनको चलचित्र विकास बोर्डमा पुनर्बहाली हुने पक्का भएको हो ।

shares