Breaking News

सरकारविरुद्ध नयाँ शक्ति पार्टीको पनि प्रर्दशन

काठमाण्डौ, १ साउन । डा. बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

नयाँ शक्ति नेपाल काठमाडौं जिल्लाको संयोजनमा काठमाडौंको माइती घरमा ¥यालीसहित विरोध प्रर्दशन गरेको हो । सरकार आमजनताको पक्षमा भन्दा आफ्नै नेता कार्यकता पोस्ने तथा मुलुकमा अधिनायकवाद शैलीमा अघि बढेको भन्दै प्रर्दशन गर्नु परेको संयोजक मानुश्री एमी भट्टरार्इले बताइन् ।

संयोजक भट्टरार्इले सरकारले आफूहरूको आवाज नसुने थप कडा आन्दोलनमा जाने समेत चेतावनी दिए । उनीहरूले पछिल्लो समय राजधानीमा फोहोर व्यवस्थापनदेखि महंगी तथा दैनिक जीवनयापनमा परेको सास्तीको विरोध गरेका छन् ।

shares