Breaking News

सरकारविरुद्ध नेविसंघको बृहत प्रदर्शन

काठमाण्डौ, १ साउन । नेपाल विद्यार्थी संघले सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सरकारविरुद्ध ¥याली र नाराबाजीसहित प्रर्दशन गरेको हो ।

माइतीघरबाट बानेश्वरतर्फ आउँदै गरेको ¥यालीलाई प्रहरीले बबरमहलमा रोक्दा केहीबेर झडपसमेत भएको थियो । ¥याली बानेश्वरमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंका सभापति नैनसिंह महरले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै सरकार तत्काल नसच्चिए देशभर कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनीहरूले जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागसमेत तत्काल पूरा गर्न सरकारसंग माग गरेका छन् ।

shares