Breaking News

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन

काठमाण्डौ, १ साउन । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउँसो निधन भएको स्रोतले जनाएको छ । उनको छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

निमोनियाले ग्रस्त सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर उपचार गरी नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बा शारीरिक रूपमा निकै कमजोर रहेका ग्राण्डी अस्पतालले जनाएको छ ।

shares