Breaking News

शोक प्रस्ताव पारित गर्दै टुंगियो राष्ट्रियसभा बैठक

काठमाण्डौ, १ साउन । राष्ट्रियसभा बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाएका थिए । उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । साथै बैठकमा आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्काे बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।

shares