Breaking News

काठमाडौं उपत्यकाकामा अाजदेखि दिउँसोको समयमा टिप्पर चल्न नपाउने

काठमाण्डौ, १ साउन । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मंगलबारदेखि दिउँसोको समयमा टिप्पर चल्न नपाउने भएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार आजदेखि राती ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिप्पर गुड्नेछन् । टिप्परसंगै ठूला ट्रकहरूलाई पनि दिउँसोको समयमा बजारक्षेत्रमा चल्न निषेध गरिएको छ ।

टिप्परका कारण सडक दुर्घटना बढेको भन्दै मन्त्रालयले केही दिनअघि तीनवटै जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाउने निर्देशन दिएको थियो ।

दिउँसोको समयमा सडकमा टिप्पर नचल्दा सवारी आवागमन केही सहज भएको ट्राफिक प्रहरीले बताएको छ । सूचनाको जानकारीको अभावमा केही टिप्परहरू फाट्टफुट्ट सडकमा देखिएको प्रहरीले जनाएको छ ।

shares