Breaking News

ट्रम्प–पुटिन भेटवार्ता, राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको स्पष्टोक्ति

काठमाण्डौ, १ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रतिक्रिया दिएका छन् ।

सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको आरोप लाग्दै अाएकाे छ ।  अमेरिकी गुप्तचर संस्थाले पनि यस्तै निष्कर्ष निकालेको थियो । तर यसको बचाउमा लाग्दै आएका ट्रम्पले पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएपछि सो कुराको उनका आलोचकहरूले कटाक्ष गरिरहेका छन् ।

ट्रम्पले अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नुपर्ने कुनै कारण नभएको तर्क दिएका छन् । पुटिनले पनि निरन्तर लाग्दै आइरहेको आरोपको खण्डन गर्दै अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको बताएका छन् ।

दई नेताबीच सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किीमा करिब दुई घन्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले कडा प्रश्न तेर्साएका थिए ।

shares