Breaking News

ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ निवासी ५० वर्षीय रामशरण चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना ९ प ८९८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

shares