Breaking News

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाण्डौ, १ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ ।

पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन उक्त बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएकोले बैठकमा सोबारे छलफल हुनेछ । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरू प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ ।

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाएको जनाइएको छ ।

बैठकमा गोविन्द केसीको अनशन र सो सम्बद्ध आन्दोलनका साथै सरकारका कामकारबाही तथा गतिविधिबारे पनि छलफल हुने बताइएको छ ।

shares