Breaking News

समिति अन्तर्गत सञ्चालित सवारी साधनलाई पुस मसान्तभित्र पञ्जीकरण गरिने

काठमाण्डौ, ३२ असार । सरकारले यातायात समिति अन्तर्गत सञ्चालित सवारी साधनलाई आगामी पुस मसान्तसम्म पञ्जीकरण गर्नेगरी समयावधि बढाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू सरकारमा गएदेखि गरेका कामको जानकारी दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयबाट गठित कार्यदलको प्रारम्भिक प्रतिवेदन अनुसार ’बढीमा पुस मसान्तको अवधि दिइने जानकारी दिए ।

यद्धपी उक्त समयलाई घटाउने विषयमा पनि छलफल भएको उनको भनाइ छ । उनले साउन १ पछि सवारी दुघर्टनाबाट घाइते तथा मृतक यात्रुहरूलाई जिल्ला प्रशासनमार्फत क्षतिपूर्ति प्रदान गरिने भन्दै रोक्का गरिएको समितिका खाताबाटै क्षतिपूर्ति प्रदान गरिने स्पष्ट पारे ।

मन्त्री महासेठले यसै आर्थिक वर्षको अन्तसम्ममा नेपालको आफ्नै पानीजहाजसमेत हुने बताए । उनले २०१८ सालभित्र जनकपुरमा रेल सेवा सञ्चालन हुने र २०२२ सम्म जनकपुर हुँदै निगजढसम्म रेल सेवा सुरु हुने दाबी गरे ।

उनले प्रधानमन्त्रीको चीन र भारत भ्रणमका क्रममा यातायात क्षेत्रमा भएका सम्झौता कार्यान्यनको बाटोमा अघि बढेको धारणा राखे । उनले केरुङ काठमाडौ रेल सेवा सुरु गर्न सर्वेको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मन्त्री महासेठले यातायातमा रहेको सिन्डिकेट अन्त्य, सेवाप्रवाहमा सुधार, नयाँ पद्धतिको थालनी र सडक विभागका क्षेत्रमा उल्लेख्य काम भएको जनाए ।

shares