Breaking News

संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाण्डौ, ३२ असार । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक आगागी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि कांग्रेसका सांसदहरूले उक्त विधेयकप्रति उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बिहीबारसम्मका लागि बैठक स्थगन गरेको जानकारी दिए ।

बैठकमा सरकारको धारणा जानकारी दिन शिक्षा मन्त्रीले समय मागेको भन्दै सभामुख महराले विपक्षी सांसदहरूले बस्न आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरूले अस्वीकार गरेका थिए । बैठकमा काग्रेसका सचेतक पुष्पा भूषालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् ।

भूषालले काँग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसदमा डा. केसी काँग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको बताइन् । सांसद भुषालले डाक्टर केसी जीवनमरणको अवस्थामा रहेको बेला संसद् बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताएकी थिइन् ।

सभामुखको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभिएर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गरेका थिए ।

shares