Breaking News

‘लुकीलुकी’पछि गायिका टीकाको आयो तिज गीत ‘म त नाच्ने हो’

काठमाण्डौ, ३२ असार । नेपाली नारीहरूको महान चाड तिज नजिकिँदै गर्दा गायिका टीका प्रसाईंको तिज गीत ’म त नाच्ने हो’ सार्वजनिक भएको छ ।

गायिका प्रसाईंको हालै सार्वजनिक ’माया लुकी लुकी’ बोलको गीतले युटुुबमा नेपाली गीतसंगीतको अहिलेसम्मकै छोटो समयमा (३३ दिन) दर्शक पाउन सफल भइसकेको छ । उनै गायिका प्रसाईंको ’माया लुकी लुकी’ पछिको अर्को रिलिज ’म त नाच्ने हो’ तिज गीत हो । यस गीतको शब्द गायिका टीका प्रसाईं र अमृता नेपालले संयुक्त रुपमा लेखेका छन् भने लय टीका प्रसाईं कै रहेको छ ।

गीतमा संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन् । गायिका टीका प्रसाईंको यसअघि ’नाइँ मलाई थाहा छैन’, ’तिमी मलाई मन पर्छ’, ’चट्ट सलाम छ’, सेल्फिको जमाना, ’पहिलो भेटैमा’, ’तिमी भन्छौ भने’, ’नतोडन’, ’कान्छी रे’ जस्ता दर्जनौं गीतहरूले दर्शक श्रोताहरूको मन जित्न सफल भइसकेको छ ।

अस्ट्रेलियाको सिड्नी र वरपरिको मनमोहक दृश्यहरू छायांकन गरिएको ’म त नाच्ने हो’ गीतको म्युजिक भिडियोमा गायिका प्रसाईं र साथीहरूलाई देख्न सकिन्छ । गीतलाई भिमसेन गुरुङले कोरियोग्राफ गर्नु भएको छ भने सौरभ मानन्धरले छायाँकन गरेका हुन् । भिडियोलाई अस्ट्रेलियाकै डिजिटल भिडियो प्रोडक्सन (डि के. पि.) ले निर्देशन गरेका छन् । भिडियोलाई प्रबिन श्रेष्ठ र गम्भीरराज कर्निकारले सम्पादन र कलरिङ गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस्-

shares