Breaking News

त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने

काठमाण्डौ, ३२ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।

कलेजो प्रत्यारोपण सेवाका लागि अत्याधुनिक उपकरण भित्राइएको र यसले सर्वसाधारणलाई सहज रूपमा कलेजो प्रत्यारोपण सेवा उपलव्ध गराइने अस्पतालले जनाएको छ । अस्पतालको ३६ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण सेवाकालागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण कक्षको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि कलेजो प्रत्यारोपणबाट गरिने बताए । उनले शिक्षण अस्पतालको स्वास्थ्य क्षेत्रमा छुट्टै महत्व रहेको भन्दै अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको पनि धारणा राखे । स्वास्थ्य सेवा ग्रामिणमुखी हुन नसकेको भन्दै यादवले सर्वसाधरणको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु सरकारको योजना रहेको बताए ।

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिपकप्रकाश महराले अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा जानकारी गराउँदै सुलभ र सहज तरिकाले बिरामीको उपचारका लागि शिक्षण अस्पताल जिम्मेवारीपूर्वक अघि बढ्ने जानकारी दिए ।

कलेजो प्रत्यारोपण सेवाका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयसंग अनुमति माग पनि गरेको छ । अबको दुर्इ महिनाभित्र कलेजो प्रत्यारोपण सेवाको सुरुवात हुने अस्पतालका कार्यकारी निर्देशक महराले बताए ।

shares