Breaking News

भीरबाट लडेर एक जनाको मृत्यु

डोल्पा, ३२ असार । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–८ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको बर्दिया नगरपालिका–३ घर भई त्रिपुरासुन्दरी नगरपालिका–८ का बासिन्दा वर्ष ५५ को प्रेम बादी रहेको प्रहरीले जनाएको छ । उनी सो ठाउँमा मादलको व्यापार गर्दै आएका थिए ।

आइतबार बिहान खाना खाएर मादल मोड्न भन्दै पहाडा गाउँ गएका प्रेम वादी साँझसम्म नफर्केपछि बेलुकी खोज्ने क्रममा राति ८ बजे कामीवाडाको पाल्च खोला नजिक मृत अवस्थामा फेला परेका थिए ।

घाउचोट केही पनि नदेखिकोले उनको मृत्यु थप रहस्यमय भएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी चौकी इन्चार्ज रोमहर्ष सिजवालले बताए । तर स्थानीय र मृतकसँगै बस्दै आएका हरि वादीले लडेर मृत्यु भएको बताएका थिए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।

shares