Breaking News

वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा अघि बढिरहेको छ: प्रधानमन्त्री

काठमाण्डौ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन् । मुलुकमा राजनीतिक विद्रोहको चरण समाप्त भएकाले सरकार समृद्धि र रुपान्तरणको दिशामा अघि बढेको उनको भनाइ छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मेलनको समापनका अवसरमा आइतबार काठमाडौंको चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गरे । उनले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना गरे ।

हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको छ ।

सम्मेलनले विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका एक हजार भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ ।

shares