Breaking News

निशाको पहिलो अफिसियल गीत ‘संधैलार्इ’को भिडियो सार्वजनिक

काठमाण्डौ, ३१ असार । धेरै नेपाली एवम् हिन्दी गीतहरूको कभर गीतबाट चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँलार्इ’ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ ।

लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृष्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सजिएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमीप्रति संधै समर्पित भाव बोकेको छ ।

चक्र महर्जनले छायांकन गरेको भिडियोलार्इ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलार्इ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।
केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरूलाई प्रोत्साहन गर्दै आइरहेको छ ।

अस्ट्रेलियाको सिड्नी, डार्विन, पर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ, चितवन, बुटवल, नेपालगंज, पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रीले जानकारी गराए ।

कला र गीत संगीत प्रेमी क्षेत्रीले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरूको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए । अन्य थप गीतहरू पनि रेकर्ड भैसकेको र थप भिडियोको निर्माण काम पनि तीब्र गरिने निर्माता रोशन क्षेत्रीले जानकारी दिए । गैंडाकोट नवलपरासीकी निशाको यस अघिका कभर गीतहरू श्रोता एबम दर्शकहरूले निकै रुचाएका छन् ।

भिडियो हेर्नुहोस्-

shares