Breaking News

चिकित्सा शिक्षा विधेयकका बारेमा राजपाले अहिले नै टिप्पणी नगर्ने

काठमाण्डौ, ३१ असार । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोेले चिकित्सा शिक्षा विधेयकका बारेमा अहिले नै टिप्पणी नगर्ने बताएका छन् ।

आइतबार संञ्चारकर्मीसंग कुरा गर्दै महत्तोले सरकारले ल्याउने अन्तिम विधेयक नै टुङ्गो लागिनसकेको भन्दै अहिले टिप्पणी नगर्ने बताएका हुन् । उनले सरकारले ल्याउने चिकित्सा शिक्षाको अन्तिम विधेयक सदनमा छलफलमा गइसकेपछि मात्र विधेयकका बारेमा टिप्पणी गर्ने प्रतिक्रिया दिए ।

तर विधेयकको विरोधमा अनशन बसेका डाक्टर गोविन्द केसीको मागका बारेमा भने सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अनशन बस्न पाउनु सबैको अधिकारको विषय भएको भन्दै मागको सन्दर्भमा सहमत र असहमत हुन सक्ने भन्दै सरकारले वार्ता भने गर्नुपर्ने बताए ।

महत्तोले गोविन्द केसीको अनशन उचित भएको टिप्पणी गरे ।

shares