Breaking News

माथेमा प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याउनु सरकारको गम्भीर गल्ती: भट्टराई

काठमाण्डौ, ३१ असार । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माथेमा प्रतिवेदनको विपरीतमा चिकित्सा शिक्षा विधेयक ल्याएर गम्भीर गल्ती गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले सरकारले माथेमा प्रतिवेदनको आधारमा नै उक्त विधेयक ल्याउनुपर्ने र यसले स्वस्थ्य शिक्षाको क्षेत्रमा देखिएको विकृति र विसंगती अन्त्य गर्ने विश्वास समेत व्यक्त गरे ।

स्वस्थ्य शिक्षाको क्षेत्रको सुधारका लागि माथेमा प्रतिवेदनको अधारमा विधेयक बन्नुपर्ने र समस्याको स्थायी हल गर्नुपर्ने उनको भनाइ छ । उनले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै छिटोभन्दा छिटो वार्ता कमिटि गठन गर्न पनि माग गरे ।

त्यस्तै कांग्रेसका महामन्त्री शंशाक कोईरालाले उनले माथेमा आयोगको प्रतिवेदनलाई हटाएर सरकारले एकलौटी ढंगले विधेयक ल्याए दुर्घटना हुने धारणा राखे।

यता सरकारले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक तत्काल अघि नढाउने तयारी गरेको छ भने वार्ताका लागि टोली गठन गर्ने तयारी पनि गरेको छ । यसअघि अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता हुन नसकेपछि सरकारले नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो ।

shares