Breaking News

जनयुद्धका नाममा गल्ती गर्नेहरू कारबाहीको दायरामा आएरै छाड्ने प्रचण्डको भनाइ

काठमाण्डौ, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरू कारबाहीको दायरामा आएरै छाड्ने बताएका छन् ।

शहीद विष्णु चौलागाईंको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौं संघीय जनसम्पर्क मञ्च–रामेछापले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा दाहालले जनयुद्धमा नाममा गल्ती गर्नेहरू लुकेर बस्न नसक्ने भन्दै कुनै न कुनै दिन कारबाहीको दायमा आउने बताएका हुन् ।

दुईजनाको अदालतभन्दा ईतिहासको अदालत बलियो हुने भन्दै उनले चिहान खोतलेर अपराधीलाई कठघरामा उभ्याइने जिकिर गरे । जनयुद्धका बेला तत्कालीन माओवादी र राज्यले गरेका गल्तीहरू पनि जतिनै ढाकछोप गरेपनि खोतलखातल भएरै छाड्ने उनको भनाइ छ । उनले जनयुद्धमा भएका ऐतिहासिक घटनालाई सधै स्मरण गरिने समेत बताए ।

त्यस्तै अध्यक्ष दाहालले केही शासन गर्ने वर्गलाई कम्युनिष्ट एकता मन नपरेको भन्दै साना त्रुटीलाई खोतलेर जनतामाझ भ्रम सिर्जना गर्न खोजेको आरोप पनि लगाए । उनले नेकपालाई एकताबद्ध रूपमा अघि बढाउनका लागि भ्रम चिर्दे आफ्नो उदेश्यतर्फ अघि बढ्ने संकल्प पनि गरे ।

अध्यक्ष दाहालले अब जनवर्गीय संगठनको एकता गर्दै जनतामाझ गएर समृद्धिको दिशातर्फ अघि बढिने धारणा पनि राखे ।

shares