Breaking News

शोक प्रस्ताव पारित गर्दै संसद स्थगित

काठमाण्डौ, ३१ असार । प्रतिनिधिसभाको आइतबार बसेको बैठक शोक प्रस्ताव पारित गरेसँगै स्थगित भएको छ ।

पूर्व सांसद एवं नेपाल कम्युनिस्ट पार्टीका नेता मोहम्मद आलमको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट रौतहट क्षेत्र नम्बर २ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका थिए । उनको यही असार २९ गते ५३ वर्षको उमेरमा निधन भएको थियो ।

shares