Breaking News

पार्टीलाई मजबुत बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्छ: शशांक कोईराला

काठमाण्डौ, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले पार्टीलाई मजबुत बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।

सुशील कोईराला मेमोरियल फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको नेपालमा उद्यमशिलताःसामाजिक र सरकारी दायित्व विषयक अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीलाई एकतावद्ध र मजबुत ढंगले अघि बढाउनका लागि सबै नेताहरू जिम्मेवार भएर लाग्नुपर्ने बताएका हुन् ।

कोईरालाले नेताहरूले दुई घण्टामात्र पार्टीका लागि समय दिए प्रयाप्त हुने जिकिर गरे । राम्रो काम गर्नका लागि मुलुकमा अवसर नै अवसर रहेको भन्दै जिम्मेवार भएर मुलुकको विकासमा लाग्नुपर्ने जिकिर गरे । उनले समाज रुपान्तरणका लागि राजनीतिज्ञहरूलाई नै प्रशिक्षण आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा सहभागीहरूले नेपालको विकासका लागि प्रत्याप्त स्रोतहरू रहेकाले यसको सही सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

shares