Breaking News

सर्पको टोकाइबाट एक जनाको मृत्यु

झापा, ३१ असार । विषालु सर्पको टोकाइबाट झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टाबारीका ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आइतबार बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । -रासस

shares