Breaking News

पेस्तोल बिक्री गर्न हिँडेका ३ जना पक्राउ

काठमाण्डौ, ३१ असार । प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल रहेका छन् ।

पक्राउपश्चात् काठमाडौं प्रहरीले उनीहरूलाई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले उनीहरूको साथबाट ५ राउण्ड गोली र दुई वटा म्याजिन पनि बरामद गरेको छ ।

सोबारे सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताइएको छ ।

shares