Breaking News

चिकित्सा शिक्षा विधेयकको विषयमा राजनीतिकरण भएको आरोप

काठमाण्डौ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सोमप्रसाद पाण्डेले चिकित्सा शिक्षा विधेयकको विषयमा राजनीतिकरण भएको आरोप लगाएका छन् ।

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले उक्त विधेयकका विषयमा सदन र सडकमा विरोध गर्नु राजनीतिकरण भएको टिप्पणी समेत गरे । उनले बिनाकारण सदनमा चिकित्सा शिक्षा विधेयकमाथि विरोध गरिएको पनि बताए ।

पाण्डेले उक्त विधेयक मुलुकको आवश्यकताका आधारमा अघि बढाइने जानकारी पनि दिए । अनसनरत डाक्टर गोविन्द केसीको सकारात्मक माग पूरा गर्न सकिने उनको भनाइ छ ।

साक्षात्कारमा कांग्रेस नेता मिन बिश्वकर्माले गोविन्द केसी अनसन बस्नुको कारण खोजी स्थायी समाधान खोजिनुपर्ने धारणा राखे । उनले बहुमतको दम्भका कारण सरकारले हठ देखाएको आरोप लगाए ।

त्यस्तै राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले जुम्लामा गएर नै डाक्टर केसीसंग वार्ता गर्दै समस्याको समाधान खोज्नुपर्ने धारणा राखे । त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले सरकारले छिटोभन्दा छिटो समाधान गर्न नसके अवस्था नियन्त्रण बाहिर जाने चेतावनी दिए ।

shares