Breaking News

दिगो विकासका लागि ‘सिर्जना द इनोभेसन’ प्रदर्शन

काठमाण्डौ, २९ असार । एड्भान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट कलेजका विधार्थीहरूको आयोजनामा विभिन्न स्रोतहरूको दिगो विकासका लागि नविकरणीय ऊर्जा ‘सिर्जना द इनोभेसन’ प्रदर्शन गरिएको छ ।

उपत्यकाका विभिन्न कलेजहरूमा अध्ययनरत इन्जिनियरिङ्ग विधाका विद्यार्थीहरूले विश्वमा बढ्दै गरेको तापमान न्यूनिकरण तथा सामाजिक दिगो विकासका लागि नविकरणीय ऊर्जाको प्रयोग बढाउन‘सिर्जना द इनोभेसन’ले सहयोग पुग्ने विधार्थी परिषद्का सभापति गैरव थापाले बताए ।

प्रदर्शनीमा उपत्यकाभित्रका विभिन्न कलेजका सिभिल इन्जिनियरिङग, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर र मेकानिकल इन्जिनिररिङ्गका विद्यार्थीहरूले आफ्ना आविष्कार प्रस्तुत गरेका छन् । प्रदर्शनीमा रोबोट, पानी तान्ने मेशिन, तौल उचाल्ने मेशिन, टाउन प्लानिङलगायतका अाविष्कार राखिएका थिए ।

यो प्रदर्शनी शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने आयोजकले बताएको छ ।

shares