Breaking News

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा सुरु

काठमाण्डौ, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्कि्मिनिस्तानका खेलाडी सहभागी छन् ।

प्रतियोगितामा जुनियर र सिनियर उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ ।

असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।

shares