Breaking News

डुबानमा परेको भक्तपुरको अधिकांश स्थानको जनजीवन सामान्य बन्दै

भक्तपुर, २९ असार । अविरल वर्षाका कारण डुबानमा परेको भक्तपुरको अधिकांश स्थानको जनजीवन सामान्य बन्दै गएको छ ।

डुबान क्षेत्रको जलस्तर घटेसंगै जनजीवन समान्य बन्दै गएको हो । डुबानका कारण घरछाडेका सर्वसाधारण घरमा गई सरसफाईमा जुटेका छन् । त्यस्तै डुबानमा परेका अस्पताल विद्यालय लगायत विभिन्न कार्यालयहरू बन्द गरी कर्मचारीहरू सफाईमा लागेका छन् ।

भक्तपुरमा वर्षाका कारण आएको बाढीले डुबानमा परेका सयभन्दा बढीको उद्धार गरिएको थियो । अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको थियो ।

त्यसैगरी हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको थियो ।

डुबानमा परेका सबै स्थानकामा पानीको सतह सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ ।

shares