Breaking News

बेट्रिक्स योजना अघि बढे ब्रिटेनसंग व्यापार सम्झौता नहुने : ट्रम्प

काठमाण्डौ २९ असार ।  प्रधानमन्त्री थेरेसा मे को बेट्रिक्स योजना अघि बढे ब्रिटेनसंग व्यापार सम्झौता नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

प्रधानमन्त्री मे को बेट्रिक्स नीतिकै कारण अमेरिकाले ब्रिटेनसंग व्यापार सम्झौता गर्न नसक्ने राष्ट्रपति ट्रम्पले जनाएका हुन् । ट्रम्पले ब्रिटेनको साटो युरोपियन युनियनसंग सम्झौता हुन सक्ने बताए ।

राष्ट्रपति ट्रम्पको पहिलो ब्रिटेन भ्रमणका क्रममा प्रधानमन्त्री मे ले अमेरिकासंग करमुक्त व्यापार सम्झौता गर्न चाहेकी छिन् । बेट्रिक्स ब्रिटेन र अमेरिकामा उत्पादन बढाउने मौका भएको प्रधानमन्त्री मेको भनाइ रहेको छ । एजेन्सीकाे सहयोगमा

shares