Breaking News

अाज भानु जयन्ती, देशभर विविध कार्यक्रमका साथ मनाइदै

काठमाण्डौ २९ असार । आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइंदै छ ।
‘आध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याउनु भएको थियो । भानु प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाले भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

वि.सं. १८७१ असार २९ गते तनहुंको चुंदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबिचको भावनात्मक एकतालाई जोड्ने काम गर्नुभएको थियो ।

पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

shares