Breaking News

३० हजार नगद घूससहित गाउँपालिकाका लेखापाल पक्राउ

बारा, २८ असार । बारा जिल्लाको फेटा गाउँपालिकाका लेखापाल शौरभकुमार साह घूससहित रंगेहात पक्राउ परेका छन् ।

साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले ३० हजार नगद घूस लिइरहेको अवस्थामा अाफ्नै कार्यकक्षबाट बिहीबार पक्राउ गरेको हो।

गाउँपालिकामा सञ्चालित एक जनचेतनामूलक कार्यक्रमको सेवा प्रदायक संस्थालाई भुक्तानी दिने क्रममा घूस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।

प्रवक्ता रामेश्वर दंगालका अनुसार उनलाई थप अनुसन्धानका लागि बिहीबारनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा हाजिर गराइनेछ ।

shares