Breaking News

उपकुलपतिको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण

काठमाण्डौ, २८ असार । नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोईरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनहरूले नियुक्ति भएदेखिनै उपकुलपति कोईरालाले विश्वविद्यालयको ऐन नियम विपरीत काम गर्दै आएको भन्दै उनीमाथि छानविनको माग समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोईरालालाई कुलपतिसँग भेटेर क्यानडामा हुने विश्व संस्कृत सम्मेलनका बारेमा जानकारी दिनुहोस् भन्दा नमानेको आरोप लगाए ।

१८ जनामा ६ जनाको मात्रै भिसा आएको र त्यसमा उपकुलपतिको भिसा रद्द भएकाले दोस्रोपटक अनुरोधपछि उनको भिसा आएको ढकालले जानकारी दिए । ढकालले विश्वविद्यालयभित्र उपकुलपतिले ऐन र नियम विपरीतको कार्य गरेको आरोप पनि लगाए ।

कार्यक्रममा राष्ट्रिय प्राध्यापक संगठनका सह–संयोजक प्राडा रमेश प्रसाद भट्टराईले उपकुलपति बन्नको लागि प्राज्ञिक आचरण पनि हुनुपर्नेमा जोड दिए ।

shares