Breaking News

बालुवाटार अगाडि मार्सी चामलसहित धर्ना

काठमाण्डौ, २८ असार । सरकारले डाक्टर गोविन्द केसीको अनशनप्रति उदासिनता देखाएको भन्दै केसीका समर्थकहरूले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि मार्सी चामलसहित धर्ना दिएका छन् । एक किलो मार्सी चामलसहित प्रधानमन्त्री निवास अगाडि केसीका समर्थकहरूले धर्ना दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल एक निजी कलेजका लगानीकर्तासँग मार्सी चामलको भात खाँदै गरेको फोटो सार्वजनिक भएको थियो । धर्नाका क्रममा एलाइन्स फर द गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा एक किलो मार्सी चामल पनि उपहारस्वरुप दिएको थियो ।

डाक्टर केसीको सत्याग्रह र आफ्नो छोराको हत्याराका आरोपीलाई कारवाहीका लागि गंगामाया अधिकारीले गरिरहेको सत्याग्रहप्रति वर्तमान सरकार असंवेदनशील र अनुदार देखिएको भन्दै विरोधस्वरुप उनीहरुले धर्ना दिएका हुन् ।

सरकार मेडिकल माफियाको पक्षमा रहेको भन्दै डाक्टर केसी जुम्लामा अनशनमा छन् ।

shares