Breaking News

बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया पूरा गर्न सरकारसमक्ष माग

काठमाण्डौ, २८ असार । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे ।

स्वास्थ्यमा भ्याट छुट गर्नुपर्छ भन्ने माग गर्दै प्रसाईले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग राज्यका लागि हितमा नहुने समेत बताए ।

उनले तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेको पनि बताए ।

विरोधको लागि विरोध गरिएको भन्दै उनले बिना कारण आफूलाई माफिया भनेको गुनासो पनि गरे ।

shares