Breaking News

फुजेल घटनाका अारोपित छविलाल पौडेलको रिहाईको माग

काठमाण्डौ, २८ असार । गोरखा फुजेलका नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोरखाका सचेत नागरिक परिवारले कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरेका हुन् । पत्रकार सम्मेनलमा छविलालका आफन्त पर्शुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरे ।

छविलाल गाउँको विकासवादी नेता भएको भन्दै उनले फरार शब्दप्रति आपत्ति जनाए । छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरूलाई फसाउन खोजेको उनले आरोप लगाए ।

उक्त घट्नालाई एकतर्फी रूपमा मात्रै प्रचार गरी आफूहरूको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरूले चाहेको परिवारले जनाएका छन् ।

shares