Breaking News

‘लेखापरीक्षण विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत

काठमाण्डौ, २८ असार । ‘लेखापरीक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त प्रस्ताव पेश गरेका थिए । उक्त विधेयकमाथि सांसदहरू भरतकुमार शाह, प्रेम सुवालले धारणा राखेका थिए ।

विधेयकमाथि धारणा राख्दै अर्थमन्त्री डाक्टर खतिवडाले प्रभावकारी रूपमा लेखापरीक्षण गर्ने ध्येयका साथ सरकारले नयाँ कानूनी प्रबन्ध गरेको जानकारी दिए ।

बैठकमा चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची भएपनि सहमतिका लागि भन्दै अन्तिममा हटाइएको थियो ।

shares