Breaking News

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने

काठमाण्डौ, २८ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजक नेपाल आईटिएफ संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगायतका देशबाट खेलाडी तथा पदाधिकारीहरू अहिले काठमाडौं आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका सदस्यसमेत रहेका दक्षिण एशियाली आईटिएफ संघका अध्यक्ष राजेन्द्र बलामले पत्रकार सम्मेलनमा जानकारी गराए ।

आयोजक प्रतियोगिता संयोजक आईटीएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३ सय कास्य पदकका लागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराए । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहने आयोजकले जनाएको छ ।

shares