Breaking News

नागरिकलाई तर्साउँदै नहिंड्न प्रधानमन्त्री ओलीलाई सांसद गिरीको सुझाव

काठमाण्डौ, २८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई तर्साउँदै नहिंड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन सुझाव दिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाए ।

गिरीले उपकुलपतिलाई विदेश जानबाट रोकेर सरकारले नागरिकलाई तर्साउने काम गरेको आरोप लगाए । उनले दक्षिण एसियाका शक्तिशाली प्रधानमन्त्री अहिले नेपालमा रहकेो भन्दै प्रधानमन्त्री ओलीले अहिले गरिमा देखाउने बेला भएको बताए ।

उनले प्रधानमन्त्री ओलीले नै कुलप्रसादलाई फोन गरेर उनीमाथि भएको दुर्व्यवहार सम्बन्धमा कुरा गर्नुपर्ने बताए ।

shares